राष्ट्रिय बाणिज्य बैक लिमिटेड, गण्डकि प्रादेशिक कार्यालय पोखराद्धारा मिति २०७६।१०।२३ गतेका दिन एक कार्यक्रमका बिच कास्कि जिल्ला कारागार स्थित कैदि बन्दिहरुका लागी करिव ६० थान पुस्तकहरु, ३ थान चिसो तातो पानि आउने वाटर डिस्पेन्सर, नेपालका नक्साहरु गरी करिव ५० हजार रुपैया बराबरको सामाग्री बितरण गरेको छ। संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत बैकले यो कार्यक्रम सम्पन्न गरेको हो जस अन्र्तगत समसामयिक पुस्तकहरु, नेपाली शब्दकोष, अग्रेजी शब्दकोष, बृहत ज्ञानकोष, सामान्य ज्ञान, उपन्यास, कथा, योग तथा स्वास्थ्य संग सम्बन्धित पुस्तकहरु लगायत अन्य बिबिध पुस्तकहरु रहेका छन। सो कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक लिमिटेड, गण्डकि प्रादेशिक कार्यालय पोखराका प्रादेशिक प्रबन्धक श्री ऋषि राम ढकाल प्रादेशिक उप प्रबन्धक श्री बिदुर भुषण क्षेत्री लगायत कार्यलयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो भने जिल्ला कारागारका प्रमुख श्री गणेश गौतम, सुरक्षा ईन्चार्ज सहि राम राजा पौडेल, कारागारका कैदि बन्दिहरु महिला तथा पुस्तकहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा सामाग्रीहरु प्रादेशिक प्रबन्धक श्री ऋषिराम ढकाल बाट कैदिबन्दिहरु तथा कारागारका जेलरलाई संयÒक्त रुपमा हस्तान्तरण गरीएको थियो। प्रादेशिक प्रबन्धकले कैदि बन्दिहरुलाई समयको सदÒपयोग गर्दे अध्ययन गर्ने बानीको बिकास गर्न र आपÒmलाई उर्जावान बनाईराख्न र जेल पछिको जीवनलाई गतिशिल बनाउन यस्ता पुस्तकको महत्व रहने बताउनÒभयो।
                                                                            Mailing Address
                                                                
Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu
Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
Post-Box No.:8368,
SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np
                                                                    Call Centre
                                                            
Phone No: +977-1-5970018
Toll Free No: 16600132022
 
                                                                            Quick Links