राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिको मिति २०७६।१२।२७ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम श्री किरणकुमार श्रेष्ठलाई मिति २०७६।१२।२९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरिएको छ ।